Saturday, October 12, 2024
थप

    किन भत्कायो राज्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ? के भन्छिन् देवकोटाकी छोरी ?

    साउन २१, काठमाडौँ । राज्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काउन सुरु गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर राज्यले संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको हो ।

    काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउनका लागि तयारी थालेको छ ।

    महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको हुन सक्ने विचार व्यक्त गरेकी छिन् । रिमालले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु ।’

    महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै