Sunday, October 13, 2024
थप

    माधव नेपालजस्ता देशद्रोहीलाई पार्टीमा ठाउँ छैनः ओली

    साउन १६, काठमाडौं । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्तो देशद्रोही नेतालाई पार्टीमा कुनै स्थान नभएको बताएका छन् ।

    शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा ओलीले आफ्नो बहुमतको सरकारलाई अविश्वासको मत दिई दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

    माधव नेपाल र उनका समर्थकहरुले सानो गल्ती नगरेको बताएका छन् । माधव नेपालहरुका कारण आफ्नो सरकार ढलेको र पार्टी पनि विभाजन भएको बताएका छन् ।

    ओलीले दिएकाे वक्तव्यः गल्ती सानोतिनो होइन । कम्युनिस्ट सरकार ढल्यो, पार्टी विभाजन भयो । दक्षिणपन्थी सरकार बन्यो । अग्रगमनका सपना, सामाजिक न्याय सुशासन र विकासका सपना कुठाराघात भयो, गम्भीर धक्का लाग्यो । यी सबैका बाबजुद बाटो बिराएकाहरु मुख्य मुख्य अपराधीबाहेक । ‘अब माधव नेपालजस्ता आन्दोलनरविरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन । जसले बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गर्ने विश्वासको मतमा भोट हाल्ने, आफ्नो पार्टीेको अध्यक्ष, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गई त्यो सरकार ढाल्ने, अनि दक्षिणन्थी सरकार गठन गरेर त्यो सरकारलाई समर्थन दिन फ्लोर क्रस गर्ने, इज्जत छोडेर पछाडिको बेन्चमा बसेर, पछडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानीपूर्ण ढंगले समर्थन दिने, अर्काको पार्टीलाई सर्मथन दिन, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर, फ्लोर क्रस गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज, यो भन्दा प्रतिक्रियावादीहरुको दलालीको काम के हुन्छ ? त्यसकारण यस्ता प्रतिक्रियावादीहरुका मतियार यस्ताका लागि छैन ठाउँ छैन ।

    माधव नेपालबाहेकका अरु भने पार्टीमा फर्किएमा मौका दिने ओलीले बताए । तर उनीहरुलाई पनि धेरै समय नकुर्ने ओलीले बताए । ओलीले भनेका छन्, ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्किनुहुन्छ भने मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबै मिलेर बनाएका हौं । मैले पटक पटक भनेको छु । हामी सबैले बनाएका हौँ । गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुस् काम गरौं’ उनले भने ।

    ओलीले अघि भने, ‘अहिले पनि कतिपय साथीहरुसँग कुरा भइरहेको छ । जो जो आउनुहुन्छ आउनुहुन्छ भने, आउनुहुन्न भने पनि धेरै चिन्ता गरिरहनुपर्ने छैन । जो आउँदैन आउँदैन, समय अगाडि बढिररहेको हुन्छ मान्छे मात्र छुट्छ ।’

    ओलीले पार्टीमा संकट परेको व्यक्त गरेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै