Home कला-साहित्य कविताः जन्मभूमिको रूझान

कविताः जन्मभूमिको रूझान

0
कविताः जन्मभूमिको रूझान

किन उस्लाई माटोहरूले बोलाएको छ
हिलाम्मे त्यहिँ बाटोहरूले बोलाएको छ ।।

छङछङ खोलाले पानी छल्काएको छ
मिलनले नि आखाँको नानी टल्काएको छ ।।

गाउँघरबाट पर जाने पाटो मौलाएको छ
परदेशीले हत्केलामा टाटो फैलाएको छ ।।

बाँझो खेतमा चौतर्फी दुवो मौलाएको छ
वर्षातले होला खोला खहरे बौलाएको छ ।।

चिरविर गर्ने चरीको प्वाँख पलाएको छ
मरुवा खोलाको बगर किन सुस्ताएको छ ।।

मान्छेले वनमा सालघारी हल्लाएको छ
पशु र पंक्षीको बासस्थान चलाएको छ ।।

सधै अंक गणितका सुत्रहरू मिलाएको छ
त्यसैले होला साँचो खुसी हलखलाएको छ ।

साक्षी राखेर अस्तित्व हेर घाम उदाएको छ
मलाइ फेरि तिनै पाखा पहराले बोलाएको छ ।।

मतानमाथि ती बुढा बा दिन गन्दै टोलाएको छ
फेरि आखाँले पुर्खौली थलोको दर्शन पाएको छ ।।

त्यो बालापनको स्मृतिले भक्कानो फुटाएको छ
त्यो माटोको वास्नासँग पर कयौं वर्ष छुटाएको छ

बसन्तीबाघको हरियाली दृश्य मनमा अटाएको छ
हे दैव बाँकी जीवन अझै कति टाढा खटाएको छ ।।

खोला वारि र पारि तरेर सानो भोटो फटाएको छ
तर झोलीकुन्टरा बोकी नियतिले सधैँ पर पठाएको छ ।।

तर पनि मनको वछ्यस्थलमा तिम्रो माया अटाएको छ
निर्दयी समयले त्यो आगनको सामिप्यता घटाएको छ ।।

गोधुली साँझमा सम्झनाको कोसेली पठाएको छ
सुन्दै छु कता हो कता न्याउलीले विरह गाएको छ ।।

असारे हिलोमा रोपेको धान दशैंमा झुलाएको छ
अझै त्यो जामुन रूखले थरिथरि सुनखरी फुलाएको छ ।।

त्यो बतासे डाँडा मरुवाखानी किन सुस्ताएको छ
उस्तै दुधौली पारि क्षितीजले घाम लुकाएको छ ।।

त्यो माइती घरआगनले फेरि एक चेलीको स्पर्श पाएको छ
त्यो शितलु आँप गाछीले मितेरी साइनो लाएको छ ।।

आखाहरुबाट मनका भावहरू स्खलित भएको छ
त्यो पवित्र मायाले कस्तो बेग्लै जादुगरी लाएको छ ।।

सीमा थापा ‘सीमाना’
    कपन काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here