Monday, September 9, 2024
थप

    विर्तामोडमा कोरोना खोपको दुरुपयोगः खोप लुकाउन खोज्ने स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

    साउन १५, काठमाडौँ । झापको विर्तामोडमा एक होटलमा कोभिड खोप लुकाउन खोजेको आरोपमा प्रहरीले स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

    विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप स्वास्थ्यकर्मीले नियजित रुपमा लुकाउन खोजेको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानुनबमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताएका छन् ।

    खड्काले भने विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पठाएका हुनाले आफू लिन गएको तर लुकाउन नियत नभएको प्रष्ट पारेका छन् । उनले स्थानीयबासीले लगाएको आरोपको खण्डन गरेका छन् ।
    बिरामी राख्नको लागि होटलमा व्यवस्था गर्न पुगेको बेला खोप आएकोले उक्त होटलमै आफूले भोरोसिल खोप बुझेको भए पनि आफ्नौ कुनै छलकपट नभएको दाबी गरेका छन् ।

    विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन् । तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

    होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

    स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताएका छन् । उनले घटना बारे सोधखोज भइरहेको जानकारी दिएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै