Home समाचार मुख्य समाचार गुडिरहेको गाडीमा ढुङ्गा खस्दा ९ जनाको मृत्यु, पुल नै भाँच्चियो (भिडियोसहित)

गुडिरहेको गाडीमा ढुङ्गा खस्दा ९ जनाको मृत्यु, पुल नै भाँच्चियो (भिडियोसहित)

0
गुडिरहेको गाडीमा ढुङ्गा खस्दा ९ जनाको मृत्यु, पुल नै भाँच्चियो (भिडियोसहित)

काठमाडौं । गुडिरहेको गाडीमा माथिबाट अचानक ढुङ्गा खसेपछि भारतको हिमांचल प्रदेशमा पर्ने किन्नौर भन्ने ठाउँमा ९ जनाको मृत्यु भएको छ । भयंकर ढुंगाहरू खसेर एक पुल नै भाँच्चिएको छ भने गाडी किचिएर ९ जनाको ज्यान गएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार भएको उक्त दुर्घटनामा परी मुत्यु हुनेमा पर्यटकहरु रहेका छन् । उनीहरू दिल्लीका बासिन्दा रहेको र आन्तरिक भ्रमणमा गएको बेला सो दुर्घटना भएको बताइएको छ । तीन जना घाइते भएको समाचारहरूमा उल्लेख छ ।

घटनाको जानकारी पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।

यसैगरी हिमाचलका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटना निकै दुःखद रहेको भन्दै पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ढुंगा के कारणले खस्यो भन्ने स्पष्ट भइसकेको छैन, तर आवश्यक अनुसन्धान भइरहेको छ । भारी वर्षा भइरहकेकाले खसेको हुनसक्ने जनाइएको छ । तर उक्त ढुंगाहरू पनि घाम लागेकै बेला सुख्खा रूपमा खसेको भिडियोमा देखिन्छ ।

भिडियाे हेर्नुहाेस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here