Home समाचार मुख्य समाचार बुद्ध एयरका दुई जहाज किन गरियो आकस्मिक अवतरण ? यस्तो छ कारण

बुद्ध एयरका दुई जहाज किन गरियो आकस्मिक अवतरण ? यस्तो छ कारण

0
बुद्ध एयरका दुई जहाज किन गरियो आकस्मिक अवतरण ? यस्तो छ कारण

साउन १०, काठमाडौँ । सोमबार त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा बुद्ध एयरलाइन्सका २ वटा जहाज आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका हुन् ।

बुद्धको एउटा जहाज धनगढीका लागि साँझ ६ बजे त्रिभुवन विमानस्थलबा उडान सुरु गरेको थियो । बुद्ध एयरलाइन्सका अनुसार प्राविधिक गडबडी आएकाले चालक दलका सदस्यले जहाज तत्काल फर्काइ आकास्मिक अवतरण गर्ने निर्णय लिएका थिए । त्यसपछि फर्काएर त्रिभुवन विमानस्थलमै जहाज सुरक्षित अवतरण गराइएको छ ।

जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ ।

त्यसैगरी, अर्को बुद्धको जहाज साँझ ७ बजे पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा चढेका एक यात्रु जहाजभित्रै बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फर्काएका हुन् । सो जहाज उनलाई काठमाडौं झारेर पुनः नेपालगन्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here