Friday, April 12, 2024
थप

    देशभर थपिए २ हजार २ सय ३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

    साउन १०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५ सय ३९ जना र एन्टिजेन परीक्षणबाट ६ सय ९८ गरी २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७ सय ९९ पुगेको छ । तीमध्ये ९ हजार ७ सय १३ जनाको मृत्यु भएको छ भने २४ हजार ५ सय ८४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका २ हजार ६ सय ८० जनामध्ये ६ सय ६६ जनाको आईसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा ३ सय ९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६ सय ९५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २ सय ३२, लुम्बिनीमा १ सय ७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै