Monday, September 9, 2024
थप

    शुक्रबारबाट यातायातसम्बन्धी सबै कर तथा राजश्व अनलाईनबाट तिर्न सकिने

    साउन ८, काठमाडौं । आज शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बन्धी कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

    बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनालका अनुसार यातायात सम्बन्धी सबै  कर अब अनलाइनमा उपलब्ध इ-वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउँछन् । यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उनले बताए ।

    ‘सकेसम्म सेवा लिन कार्यालयमा आउन नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने मान्यता हो, तर, कतिपय कागजी कामका लागि सेवाग्राही आउनुपर्ने त हुन्छ,’ उनले भने,’पहिलो चरणमा भने राजस्व बुझाउन पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन खोजेका छौं । थप सुविधाहरु पनि अनलाइनमा ल्याउँदै जान्छौं ।’ महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुँयालको विश्वास छ ।

    यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै