— राेशन दाहाल
साउन ७, काठमाडौँ । गीतकार प्रकाश सापकोटाको जिम्माल बाको छोरो म्युजिक भिडियो सार्वजनिक भएको छ । सापकोटाको उक्त म्युजिक भिडियो ठुलो पर्दा टिभी युट्युव च्यानलबाट बिहीबार बिहान सार्वजनिक भएकाे हो ।
जिम्माल बाको छोरो गीतको सर्जक प्रकाश सापकोटा हुन् । यस गीतमा स्वर इन्दिरा जोशी र रमेश बाबुले दिएका छन् । जम्माल बाको छोरो म्युजिक भिडियोमा दिलिप रायमाझी, इन्दिरा जोशी, कमल सिंह, गीता ढुङ्गानाको अभिनय रहेको छ । उक्त म्युजिक भिडियो ठुलो पर्दा टिभी युट्युव च्यानलमा सार्वजनिक भएकाे छ ।
सर्जक सापकोटाका भिरको कमेरो (दोहोरी गीत), परदेशी र मिम्माल बाको छोरो गरी तीनवटा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । यसैगरी सापकोटाका दर्जनभन्दा बढी गीत रेकर्डिङ भई बजारमा सार्वजनिक हुने क्रममा रहेका छन् ।
गीतकार सापकोटा लोक भाषामा राम्रोसँग भिजेर गीत लेख्ने सर्जक हुन् । उनका गीतमा गाउँले जीवनको जीवन भोगाईको झलक पाउन सकिन्छ । उनका गीतमा वैदेशिक राेजगारीमा गएर पाएकाे दुःख, गाउँले जीवनमा भाेग्नु परेकाे दुःख, गाउँले जीवनकाे अविष्मरणीय घटना, प्रेमिल प्रसङ्ग जस्ता घटना उनकाे सिर्जनाका प्राथमिक विषयवस्तु बन्न पुगेका छन् ।
भिरको कमेरो
भिरको कमेरो दोहोरी गीतमा गाउँले जीवनमा भोगेका घटना, हासठट्टा, सङ्घर्ष, माया प्रेम, श्रीमान् श्रीमतीको माया प्रेम भाव शब्दका माध्यमबाट सापकोटाले उतारेका छन् । उक्त गीतमा गाउँको सामान्य जीवनमा पनि पति पत्नी मिलेर बसेको र एक दुईको माया परेवाको जस्तो रहेको भावना उक्त म्युजिक भिडियोमा पाउन सकिन्छ ।
परदेशी
परदेशी म्युजिक भिडियोमा युवा जमात धन कमाउन विदेशमा जाने गरेको तर रित्तो हात फर्किएर आएको भावना परदेशी गीतमा समेटिएको छ । उक्त म्युजिक भिडियोमा विदेशमा हुँदा आफूँले खेप्नु परेको पीडा परदेशी म्युजिक भिडियोमा समेटिएको छ ।
गीतमा विदेशमा धेरै दुःख पाएर र दुःख पाउँदा गाउँमा भएको घरपरिवार, बुबाआमा, गाउँघरको मेलापात, साथीको सम्झना गरिएको छ । परदेशी गीतले युवा जनशक्ति विदेश गएर रेमिट्यान्स भित्र्याउने र उक्त रेमिट्यान्सले देशमा आर्थिक उन्नती हुन्छ भन्ने अपेक्षा राखिएको तर्फ पनि ब्यङ्ग्य गरिएको छ ।