Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

    साउन ८, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८२ र ३ हजार ६ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ९५ जना गरी २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने १ हजार ६ सय ७८ जना निको भएका छन् । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७ हजार ८ पुगेको छ । तीमध्ये ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९ सय ८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६ सय ७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ८२ जना आईसीयू र १ सय ७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ५६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै