Sunday, December 8, 2024
थप

    काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सनको खोप दिइने

    साउन ६, काठमाडौँ । सरकारले बुधबारदेखि १८ वर्षमाथि उमेरसमूहका लागि पनि जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गर्ने भएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले १८ वर्ष उमेर समूहका माथिका लागि खोप दिने निर्णय भएको जानकारी दिएका छन् । पराजुलीले भने, ‘खोप उभ्रिएकाले १८ वर्ष माथिकालाई लगाउने निर्णय भएको छ ।’

    जोन्सन खोप एक मात्रा मात्र लगाइन्छ । यसअघि यो खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइएको थियो । साथै, पूर्ण र अति अशक्त अपाङ नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघिका छुटेका फ्रन्टलाइनरहरुलाई पनि यो खोप लगाइएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै