Saturday, December 9, 2023
थप

    काठमाडौंका विद्यालयमा नेवारी भाषा अनिवार्य गरिएपछि गैरनेवार विद्यार्थी र अभिभावक चिन्तामा (महानगरको परिपत्रसहित)

    साउन ६, काठमाडौं । यस वर्षको नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नेवारी भाषा (नेपाल भाषा) को अध्ययन अनिवार्य गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म महानगरभित्रका सबै विद्यालयमा अनिवार्यरुपमा नेवारी भाषा अध्यापन गराउनैपर्ने भन्दै महानगरले ताकेता सुरु गरेको छ ।

    महानगरको ताकेतासँगै अब काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा (नेवारी भाषा) अनिवार्यरुपमा पढ्नुपर्ने भएको छ । सामुदायिक विद्यालयमा मात्रै नभएर निजी विद्यालयमा पनि नेपाल भाषा अनिवार्य गरिएपछि भाषाको सम्बन्धमा टिकाटिप्पणी सुरु भएको हो ।

    ‘महानगरपालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम अनुसार नेपाल भाषा (नेवारी भाषा) अनिवार्य गरिएको छ । नेपाल भाषा अनिवार्य विषय भएको र १ सय पूर्णाङ्कको हुनेछ ।’ काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत मोतिराज खनालले सञ्चार हाउसलाई बताए ।

    गत वर्षको असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकबाट काठमाडौं महानगरपालिका अन्तर्गत सबै विद्यालयहरुमा नेवारी भाषा अनिवार्य पढाउनुपर्ने नियम ल्याइएको हो । महानगरले शैक्षिक सत्र २०७७ देखि नै आधारभूत तहमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्न भन्दै २०७७ साल कात्तिक १६ गते महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयहरुलाई महानगरका शिक्षा अधिकृत मोतिराज खनालको नामबाट परिपत्र गरिएको थियो ।

    उक्त परिपत्रमा सोही शैक्षिक सत्रदेखि नै नेपाल भाषा पढाउन भनिएको र शिक्षक कपी चाहिएमा महानगरमा सम्पर्क गरी एकप्रति नेपाल भाषाको पाठ्यक्रम लैजान भनेको थियो । यद्यपि गत शैक्षिक सत्रमा अधिकांश सामुदायिक र निजी विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापन भएको थिएन ।

    हेर्नुहोस महानगरको परिपत्र

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै