Friday, April 12, 2024
थप

    पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि, १ हजार ४ सय ७५ जना संक्रमणमुक्त

    साउन ६, काठमाडौँ । आज देशभर २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६ सय १६ जनामा परीक्षण गर्दा २ हजार ८ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा आठ हजार ७ सय १५ जनाको पिसिआर र तीन हजार ९ सय १ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४ सय ५५ पुगेको छ भने छ लाख ३६ हजार ४ सय २ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीे जानकारी दिए ।

    अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८ सय ३२ रहेको छ । आज स्वास्थ्य लाभ गरेर घर फर्कनेको सङ्ख्या १ हजार ४ सय ७५ पुगेको छ । योसँगै घर छ लाख ३६ हजार ४ सय २ घर फर्किएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै