Home समाचार मुख्य समाचार पछिल्लाे २४ घन्टामा २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्‍यु

पछिल्लाे २४ घन्टामा २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्‍यु

0
पछिल्लाे २४ घन्टामा २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्‍यु

साउन ७, काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षणमा ८ सय ५९ जना गरी २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको छ । तीमध्ये ९ हजार ९ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६ सय १६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ३५ जना आईसीयू र १ सय ७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here