Home समाचार मुख्य समाचार जापानले नेपाललाई १६ लाख डाेज खोप दिने घाेषणा, प्रक्रिया पुर्याएर चाँडै ल्याउने तयारी

जापानले नेपाललाई १६ लाख डाेज खोप दिने घाेषणा, प्रक्रिया पुर्याएर चाँडै ल्याउने तयारी

0
जापानले नेपाललाई १६ लाख डाेज खोप दिने घाेषणा, प्रक्रिया पुर्याएर चाँडै ल्याउने तयारी

असार २९, काठमाडौँ । जापान सरकारले नेपाल सरकारलाई १६ लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ । जापान सरकारले जापानमै उत्पादन भएको कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने भएको हो ।
जापालका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज नै नेपाललाई दिने खोपको मात्रा घोषणा गरेका हुन् । जापानले नेपालालई दिएको खोप प्रक्रिया पुर्याएर चाँडै ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कठिन परिस्थितिका बिच पनि जापान सरकारले नेपाललाई खोप दिएर सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरेको छ ।

प्रेस विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here