Tuesday, February 11, 2025
थप

    प्रधानमन्त्री शेरबहादुर देउवासहित चार जना मन्त्रीको पद तथा गोपनियताको सपथः बालकृष्ण् खाँणले गृह र जनार्दन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाए

    असार २९, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुका संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    अन्य चार मन्त्रालयका मन्त्रीले पिन सपथ लिएका छन् । शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् । त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् ।

    शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

    प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो । झन्डै दुई घन्टाको विवादपछि नियुक्तिपत्रमा सर्वोच्च अदालतको परमादेश र संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको भन्ने व्यहोरा थप गरिएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै