Home समाचार मुख्य समाचार अमेरिकाबाट १५ लाख डोज खोप सोमबार आउँदै

अमेरिकाबाट १५ लाख डोज खोप सोमबार आउँदै

0
अमेरिकाबाट १५ लाख डोज खोप सोमबार आउँदै

असार २६, काठमाडौँ । अमेरिकी सरकारले दिने भनेको १५ लाख खोप सोमबार आउने भएको छ । अमेरिकी सरकारले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।

खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उक्त खोप सहयोग गर्न लागेको भट्टराईले जनाए ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले शुक्रबार उक्त खोप नेपालमा आउने जानकारी दिएकी थिइन् । नेपालले यस अघिदेखि नै अमेरिकालाई खोप सहयोगको लागि आग्रह गर्दै आइरहेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् ।

उक्त पत्र लेखेको एक महिना कटिसक्दा समेत हालसम्म अमेरिकी राष्ट्रपति बाइडेनकोतर्फबाट नेपालले कुनै जवाफ प्राप्त गरेको छैन ।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here