Home समाचार मुख्य समाचार सप्तरीमा अज्ञात रोगका कारण २५ जना बिरामी, एकको मृत्युः रोगको बारेमा अध्ययन हुँदै

सप्तरीमा अज्ञात रोगका कारण २५ जना बिरामी, एकको मृत्युः रोगको बारेमा अध्ययन हुँदै

0
सप्तरीमा अज्ञात रोगका कारण २५ जना बिरामी, एकको मृत्युः रोगको बारेमा अध्ययन हुँदै

असार २५, काठमाडौँ । सप्तरी जल्लामा अज्ञात रोगका कारण २५ जना बिरामी परेका छन् । उक्तको रोगका कारण एक जनाको मृत्यु भएको छ । बिरामी परेको खबरपछि आज साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारीले महदेवा गाउँपालिका–२ चकलाको निरीक्षण अनुगमन गरेका छन् । प्रजिअ जयनारायण आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनुका साथै वस्तुस्थिति अवलोकन गरेको छ ।

टाउको दुख्ने, ज्वरो आउने र झाडापखालाको लक्षण देखिएको चकला टोलकी ४० वर्षीया सीतादेवी रजकको बिहीबार राति मृत्यु भएको थियो । बिहीबार साँझ साढे ७ बजे सो समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएकी रजकको राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अपच भई पखाला लागेको हुन सक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताए। अस्पतालमा भर्ना भएकी रजककै परिवारका तीन जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।

चकला टोलसँगै जोडिएको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ बिरामी छन् । टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय जयनारायण यादवले बताए। तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका आठ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।

स्थानीयवासीका अनुसार अस्पताल नगएका बिरामीको स्थानीय मेडिकल क्लिनिक र घरमै स्लाइन पानी लगाई उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here