Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

    असार २६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ३० पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टिजेन परीक्षणमा ८ सय १६ जना गरी २ हजार १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको छ ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक संख्या ९ हजार ३ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ जना पुगेको छ ।

    कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको छ जसमध्ये २३ हजार ५ सय ३९ जना होम आइसोलेसनमा र २ हजार ९ सय ५० जना संस्थागत आइसोलेसनमा छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै