असार २२, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा आन्तरिक तथा खुला तथा समावेशीतर्फ चारदेखि नौं तहसम्म परीक्षा दिई जागिर खाएका ६ सय ६१ जनामध्ये ४ सय ४ जना कर्मचारीको जागिरबाट निष्कासित भएको छ ।
परामर्श दिने लोकसेवा आगोगले नै हस्तक्षेप गरी आफैँले विनियमावलीमा संसोधन गर्दै वाणिज्य बैंकमा संसोधित विनियमावली अनुसार परीक्षा सञ्चालन गररे अवैधानिक बाटोबाट परीक्षामा सामेल भएका परीक्षार्थीहरुको जागिर गुमेको हो ।
लोक सेवा आयोगको असार २१ गते सम्पन्न बैठकले सर्वोच्चको २०७७ मंसिर १७ मा भएको फैसला बमोजिम २०७५ चैत २२ मा सूचना प्रकाशित भई सञ्चालन भएका तह चारदेखि नौं तहसम्मका आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी तर्फका लिखित परीक्षाहरु रद्द गरेको फैसला गरेको थियो ।
आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट २०७५ चैत्र २२ मा विज्ञापन नम्बर १५/०७५—७६, १६/०७५—७६, १९/०७५—७६, २२/०७५—७६ र २३/०७५—७६ आन्तरिक प्रतियोगिता र खुला प्रतियोगिता तथा समावेशी तर्फका विज्ञापन नं २४/२०७५—७६ देखि ६२/२०७५—७६ सम्मका लिखित परिक्षहरु आयोगबाट मिति २०७८ असार २१ मा रद्ध गर्ने निर्णय भएको जनाएको छ ।
आयोगको यो निर्णयले परीक्षा रद्द भएसँगै २०७५ चैत २२ गते सूचना प्रकाशित गरी पदस्थापन भएका ७ सय ४७ जनामध्ये ४ सय ४ कर्मचारीको जागिर गएको हो । सर्वोच्च अदालतबाट मिति २०७७ मंसिर १७ मा भएको फैसला कार्यन्वयन गर्ने सम्बन्धमा लोकसेवा आयोगले उक्त निर्णय गरेको जनाएको छ ।
बैंकले पदपूर्तिका लागि आन्तरिकतर्फ विज्ञापन नम्बर १५/०७५—७६, १६/०७५—७६, १९/०७५—७६, २२/०७५—७६ र २३/०७५—७६ का ८६ जना र विज्ञापन नं २४/२०७५—७६ देखि ६२/२०७५—७६ सम्म आन्तरिक प्रतियोगिता र खुला प्रतियोगिता तथा समावेशी तर्फ परीक्षा सञ्चालन गरेको थियो । परीक्षा दिएकामध्ये ४०४ जनाको जागिर गएको हो ।
बैंकले रिक्त रहेको बरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ सहायक, बरिष्ठ सहायक सहायक र सहायक (नगद) लगायतका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा २०७५ चैत २२ गते पदपूर्ति गर्नका लागि विज्ञापन खुला गरेर परीक्षा सञ्चालन गरेको थियो ।
सर्वाेच्चकाे फैसला