Home समाचार मुख्य समाचार १ डोज मात्र लगाए पुग्ने १५ लाख डोज अमेरिकी खोप यसै साता आइपुग्ने

१ डोज मात्र लगाए पुग्ने १५ लाख डोज अमेरिकी खोप यसै साता आइपुग्ने

0
१ डोज मात्र लगाए पुग्ने १५ लाख डोज अमेरिकी खोप यसै साता आइपुग्ने

असार २५, काठमाडौं । अमेरिकीसरकारले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले पनि खोप आउन लागेको पुष्टि गरिन् । उनले भनिन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो । यससम्बन्धी विस्तृत जानकारी छिट्टै दिनेछौं ।’

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।

सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ । त्यसअनुसार ८ लाख डोज खोप शुक्रबार मात्र काठमाडौं ल्याइएको छ । ८ साउनभित्र २० लाख आइसक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here