Home अर्थबजार २४ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको सेयर कारोबार

२४ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको सेयर कारोबार

0
२४ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको सेयर कारोबार

असार २४, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अंकले बढेर २ हजार ८ सय २४.८९ बिन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यो ०.८५ प्रतिशतले बढी हो । यो साता आइतबारदेखि सबै दिन घटेको नेप्से बिहीबार करिब २४ अंकले बढेको हो । गत आइतबारदेखि बुधबारसम्म नेप्से करिब साढे ४२ अंकले घटिसकेको थियो ।

बिहीबार करिब ५१ हजार ८ सय ६८ कारोबारबाट २ सय २३ कम्पनीका १ करोड ३१ लख ४३ हजार २ सय ४० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढी हो । बुधबार सेयर बजारमा ४ अर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here