असार २४, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय ७४ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ गरी १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८६ जना निको भएका छन् ।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ सय ७२ जना आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।