Home समाचार मुख्य समाचार गैंडाकोटकी २१ वर्षीया बिना सापकोटा आठ दिनदेखि बेपत्ता, अन्तिम समय युवकसँग घरबाट निस्किएकाे परिवारको दाबी

गैंडाकोटकी २१ वर्षीया बिना सापकोटा आठ दिनदेखि बेपत्ता, अन्तिम समय युवकसँग घरबाट निस्किएकाे परिवारको दाबी

0
गैंडाकोटकी २१ वर्षीया बिना सापकोटा आठ दिनदेखि बेपत्ता, अन्तिम समय युवकसँग घरबाट निस्किएकाे परिवारको दाबी

असार २३, चितवन । पछिल्लो समय हत्या, अपहरणका घटना बढिरहेको समयमा फेरि अर्की युवती आठ दिनदेखि बेपत्ता भएकी छन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएकी छिन् । उनको परिवारले जनाएको छ । बिनाको प्रेमी रहेको जानकारी पछि भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

बेपत्ता हुनुभन्दा अगाडि बिना कँडेलसँगै बाइक चढेर उक्त युवक घरबाट गएका उनका पिता जयेश्वर सापकोटाले बताए । उनका बुवाले छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताए ।

भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्बन्धमा रहेको बिनाको परिवारले पनि स्वीकार गर्दै आएका छन् । बिना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राखेका छन् ।

ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्बन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ । उनीहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन् । त्यहाँ युवतीको मोबाइलसमेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।

सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन् । सोहीदिन ती युवकलाई छक्काएर बिना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । प्रवेश र बिनाको बुवाको बीचमा पटक–पटक कुराकानी भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् । प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ । खनालले भनिन्, ‘हामीले केटीको घरतिर र अन्य आसपासका ठाउँमा खोजी गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनाको छानविन भैरहेको बताए । उनले नवलपुर प्रहरी र चितवन प्रहरीको समन्वयमा नै अनुसन्धानलाई अघि बढाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here