Sunday, October 13, 2024
थप

    इटलीले पेनाल्टीबाट स्पेनलाई हराउँदै युरोकप–२०२० को फाइनलमा प्रवेश

    असार २३, काठमाडौं । युरोकप–२०२० फुटबलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली फाइनलमा प्रवेश गरेको छ । इटलीको पेनाल्टी स्पेनले रोक्न नसक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४—२ ले पराजित गरेको हो ।
    लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
    इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका थिए । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो ।
    त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे ।
    निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए ।
    त्यसअघि ६०औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर ८०औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मोराटाले बराबरी गोल फर्काएका थिए । स्पेनले राम्रो सुरुवात गरे पनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
    क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमै हराएको स्पेन इटलीविरुद्ध भने त्यही प्रदर्शन दोहोर्‍याउन सकेन ।
    इटली सन् २०१२ पछि युरोकपको फाइनल पुगेको हो । त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो । यस युरोकपमा खेलेको ६ वटै खेल जितेको इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म पुर्‍याएको छ ।
    विश्वकप र युरोकपमा गरेर स्पेन पहिलो पटक सेमिफाइनलमा हारेको हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको युरोकप विजेता स्पेनको चौथो पटक उपाधि जित्ने लक्ष्य यस पटक पूरा नहुने भएको छ । इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै