Friday, April 12, 2024
थप

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यः खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि (सूचनासहित)

    असार २२, काठमाडौं । पछिल्लो समय मूल्य वृद्धि भएको दुई हप्ता बित्न नपाउँदै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । पछिल्लो समय नेपाल आयल निगमले असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १ सय २९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मट्टितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर १ सय १२ रुपैयाँ पुगेको छ ।

    हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७ सय ४५ डलर पुर्‍याएको छ ।

    खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।

    गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाइ इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

    हेर्नुहोस् आयल निगमको विज्ञप्ति

     

     

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै