Monday, April 15, 2024
थप

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्ने तयारी, शिक्षा मन्त्रायलसमक्ष प्रस्ताव पेश

    असार २०, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयारीमा जुटेको छ । बोर्डले शिक्षा मन्त्रालयसँग साउनको तेस्रो साताबाट परीक्षा गर्न बोर्ड तयारी रहेको भन्दै परीक्षा गर्न अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए ।

    हाल नेपालमा कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ । गत जेठ २६ बाट सुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

    बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको छ । गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै