Friday, April 12, 2024
थप

    गोठमाथि टिपर खस्दा दम्पतीको मृत्यु, ट्रिपर चालक प्रहरी नियन्त्रणमा

    असार २०, काठमाडौं । गाईगोठमाथि ट्रिपर खस्दा नुवाकोटका दम्पतिको मृत्यु भएको छ । नुवाकोटका साइला तामाङ र उनकी श्रीमती जयन्ती तामाङको दुर्घटनामा परी मृत्यु भएको हो । कागेश्वरी मनोहरा नगरपालिका–५, मूलपानीमा साहुको जग्गामा खेतीका साथै राँगो र गाईपालिका थिए । वस्तुहरु चोरी हुने डरले उनीहरु गोठमै बस्ने गरेका थिए ।

    प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार मूलपानी रहेको मुख्य सडकमा गुडिरहेको ट्रिपर अनियन्त्रित भएर तामाङ दम्पती सुतेको टहरामाथि खसेको थियो । सडकबाट ५० मिटर तल रहेको गोठमा टिपर खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको न्यौपानेले बताए । ट्रिपरले किचेपछि दम्पतीको घटनास्थलमै मृत्यु भयो ।

    न्यौपानेले सञ्चार हाउससँग भने, ‘बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भएर खसेको थियो, चालकलाई नियन्त्रणमा लिएका छौं ।’

    पक्राउ परेका चालक काभ्रेबाट निर्माण सामग्री बोकेर आएका थिए । चलकले बयानका क्रममा भने, ‘स्टेरिङ लक भएर गाडी ओरालो सडकमा अनियन्त्रित भएर टहरामा पुग्यो ।’

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै