रोगलाई सडक पठाएर
चुनावको तयारी गर्ने मेरो देश
मनलाई छियाछिया बनाई
अनिवार्य आवश्यकतालाई
फाँसी चढाएर,
ऊ देश बनाउने पर्चा बाँड्दै छ ।।
रेमिटेन्सले पैसा कमाउनु,
विज्ञानले संस्कृती बचाउनु,
अनि,
खरानीले भूत धपाउनु,
जस्तै छन् नीतिहरू ।।
अन्तिम बेन्चले करप्प समाएको समय,
खै कहाँबाट सुरु गरौं गुन्द्रुके समस्याहरू,
एक खिल्ली खुराकले भुल्न विवश
युवाहरूबाट भविश्यत कुरिरहेछन् ।।
माथिल्लो सगरमाथा पुगेका सपनाहरू
केचनाभन्दा दबिएका छन् ।
प्रकृतिभन्दा माथि फड्किन खोज्ने
फट्याङ्ग्राहरू, टेक्ने, समाउने जमिन हो,
भुल्नेहरूलाई मानव सभ्यताको
विकाश भुलाउन बाध्य प्रकृति ।।
मरणोपरोन्तसम्म लुटिरहने
दिमागलाई प्रकृति मिच्न हुन्न
भन्ने सत्यताको पाठ पढाइरहनु तिमीले ।।
– हरिश्चन्द्र दाहाल
हलेसी तुवाचुङ–४, खाेटाङ
हालः कपन, सरस्वतीनगर