Saturday, January 25, 2025
थप

    लिक्डइनका डाटामा ह्याकरको हमला, ७० करोड प्रयोगकर्ताका डाटा अनलाइनमा बिक्रि हुँदै

    असार २०, काठमाडौं । सोसल नेटवर्किङ साइट लिंक्डइनका साढे ७५ करोड प्रयोगकर्ताका ‘डाटा’ लिक भएका छन् । ती मध्ये करीब ७० करोड प्रयोगकर्ताका निजी डाटाहरु चर्चित ह्याकर फोरम डार्क वेबमा बिक्री भइरहेका छन् ।

    गड युजर टोमलाइनर (God User TomLiner) नामक ह्याकरले रेड फोरममा गत २२ जुनमा ७ करोड डाटा बिक्रीमा राखेको हो । ती मध्ये १० लाख प्रयोगकर्ताका डाटा प्रमाणको रुपमा पोस्ट गरिएको छ ।

    लिंक्डइनले भने ‘डाटा लिक’ नभएको र नेटवर्क स्क्रयाप गरेर डाटा निकालिएको जनाएको छ । लिंक्डइनका अनुसार यो घटना कम्पनीको प्राइभेसी नीतिको उल्लंघन भएको भन्दै घटनाको जाँच भइरहेको जनाएको छ । हालसम्म ह्याकरहरुको बारेमा कुनैपनि जानकारी सार्वजनिक भएको छैन ।

    ह्याकरहरुले हात पारेर डार्क वेबमा बिक्री गरिरहेका प्रयोगकर्ताका डाटाहरुमा फोन नम्बर, ठेगाना, लोकेसन, तलब लगायतका निजी जानकारीहरु रहेका छन् ।

    गत अप्रिल महिनामा पनि लिंक्डइनका ५० करोड प्रयोगकर्ताका डाटा लिक भएको पुष्टि भएको थियो । त्यसमा प्रयोगकर्ताको मोबाइल नम्बर, नाम, अकाउन्ट आइडी तथा कार्यालय सम्बन्धि जानकारीहरु लिक भएका थिए ।

    एजेन्सी

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै