Friday, April 12, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

    असार १९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ३७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय १ जना गरी २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन् । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना होम आइसोलेसनमा छन् ।

    शनिबार पुष्टि भएका संक्रमितको संख्यासमेत जोड्दा नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५ सय ८० पुगेको छ । जसमध्ये ३७ हजार ५ सय ५६ जना एन्टिेजन विधिबाट संक्रमित पुष्टि भएका हुन् ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६ पुगेको छ । कोरोना संक्रमणमबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ जना पुगेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै