Saturday, January 25, 2025
थप

    बेल्जियमलाई हराउँदै इटाली युरो–२०२० को सेमिफाइनलमा

    असार १९, काठमाडौँ । इटालीले बेल्जियमलाई २–१ ले हराएर शुक्रबार युरो–२०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । अब रोबर्टो मानचिनीको इटालीले अन्तिम चारको खेलमा स्पेनको सामना गर्नेछ ।

    कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनल पुगेको यो इटालीका लागि १२ औं अवसर हो । युरोपेली देशमध्ये जर्मनीले मात्र त्योभन्दा बढी २० पल्ट ठूला प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    निकोलो बारेलाको गोलले अग्रता लिएको इटालीका लागि लोरेन्जो इनसिघनेले दोस्रो गोल थपे र टिम कीर्तिमान ३२ खेलको अपराजित यात्रा छुन पनि सफल रह्यो । इटालीको यो लगातार १३ औं जित पनि हो ।

    बेल्जियमका तर्फबाट रोमेलु लुकाकुले एक गोल फर्काए पनि त्यो विश्व वरीयताको नम्बर १ टिमलाई खेलमा फर्काउन पर्याप्त रहेन । यस हारसँगै उसको स्वर्णिम पुस्ताका खेलाडीको उपाधिविहीन यात्रा कायम रह्यो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै