Home समाचार मुख्य समाचार कोरोना भेरोसेल खोप खरिदका लागि चिनीया कम्पनीसँग सम्झौता, असार २४ गतेदेखि आपूर्ति (विज्ञप्तिसहित)

कोरोना भेरोसेल खोप खरिदका लागि चिनीया कम्पनीसँग सम्झौता, असार २४ गतेदेखि आपूर्ति (विज्ञप्तिसहित)

0
कोरोना भेरोसेल खोप खरिदका लागि चिनीया कम्पनीसँग सम्झौता, असार २४ गतेदेखि आपूर्ति (विज्ञप्तिसहित)

असार १८, काठमाडौं । नेपाल सरकारले कोरोना खोप भेरोसेल खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् ।

विज्ञप्तिमा खोपको मात्र कति र प्रतिखोपको मूल्य कति भन्ने बारेमा केही उल्लेख गरिएको छैन ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ । नाम नखुलाउने सर्तमा अधिकारीले भने, ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरिद गरिएको भएकाले थप कुराहरु भन्न मिल्दैन ।’

मन्त्रालयका ती अधिकारीका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो ।

नेपालले खोप खरिदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरिदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन् ।

विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here