असार १८, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको छ ।
६ हजार ५ सय ६६ पीसीआर परीक्षणमा १ हजार ३ सय ९१ जनामा र ४ हजार ३० एन्टिजेन परीक्षणमा ९ सय ८ जनामा गरी २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ ।