Home समाचार मुख्य समाचार वर्षाका कारण घर भत्कँदा खोटाङमा एक बालकको मृत्यु, तीन जना घाइते

वर्षाका कारण घर भत्कँदा खोटाङमा एक बालकको मृत्यु, तीन जना घाइते

0
वर्षाका कारण घर भत्कँदा खोटाङमा एक बालकको मृत्यु, तीन जना घाइते

असार १८, खोटाङ । लगातार वर्षाका कारण खोटाङको धितुङमा घर भत्किँदा एक बालकको मृत्यु भएको छ। घर भत्किएर पुरेपछि हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–८ धितुङका १४ वर्षीय राजु सार्कीको मृत्यु भएको हो।

मृतक बालकको घरमा खेलिरहेको अवस्थामा घर भत्कदा सोही ठाउँका १० वर्षीय मिलन सार्की र १० वर्षीय लनास सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अम्मर प्रसाद गजमेरले जानकारी दिए।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिममा पनि एक घर भत्किदा २४ वर्षीय दिनेश राई गम्भिर घाइते भएका छन्। घर भत्किएर पुर्दा उनको दुवै खुट्टा नचल्ने भएको छ।

यस्तै, वर्षाका कारण केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदीमा माथिबाट खसेको पहिरोले दुई घर पुरेको छ। फेदीका नविन राई र टिकाराम राईको घर पहिरोले पुरेको हो।

स्राेतः प्रभाव न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here