Monday, September 9, 2024
थप

    खेलाडीको निशुल्क उपचार गराउन नेपाल खेलकुद महासंघको सरकारसँग पहलः निर्णय आगामी बैठकले गर्ने

    असार १८, काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलमा सहभागी खेलाडीलाई सरकारले निशुल्क उपचार गराउनु पर्ने विषयमा शुक्रबार छलफल भएको छ । खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य सुभाष श्रेष्ठ र राष्ट्रिय ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोष पौडेल र प्रशासन प्रमुख राजकुमार पोखरेलका बिच पहिलो बैठक सम्पन्न भएको हो ।

    शुक्रबार बसेको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहाभागी हुँदा घाइते भएको खेलाडीलाई नेपाल सरकारले निशुल्क उपचार गराउने विषयमा गहन छलफल भएको छ ।

    नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीले खेलका क्रममा घाइते भएमा नेपाल सरकारले निशुल्क उपचार गराउने बारेमा छलफल भएको छ ।’ पौडेलले थपे, ‘आगामी बैठकमा कसरी उपचार गराउन सकिन्छ भन्ने बारेमा ठोस निर्णय गर्नेछौँ ।’

    यसका साथै, खेलकुद क्षेत्रमा बिगत लामो समयदेखि सम्पन्न गर्न बाँकी रहेका तथा तत्काल सम्पन्न गर्नु पर्ने अत्यावश्यक कार्यलगायतका अन्य केही समसामयिक तथा महत्त्वपूर्ण विषयमा गहन छलफल समेत भएको छ ।

    बैठकमा नेपाल खेलकुद महासंघका अध्यक्ष रमेशकुमार पौडेल र वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको विशेष उपस्थिति हरेको थियो ।

    ठोस निर्णय आगामि बैठकमा गर्ने गरी आजको बैठक टुङ्गिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै