असार १७, काठमाडौँ । पछिल्लाे २४ घण्टामा देशभर २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार १३० पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ जनामा र यसैगरी, ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षणमा ९ सय ३ जनामा गरी जम्मा २ हजार ७ सय ६० जनामा कोरोना कोरोना संक्रमण देखिएको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लाे २४ घन्टामा देशभर ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।