Friday, April 12, 2024
थप

    ओलीको अवैधानिक बैठकमा जादैनौँः माधव समूह

    असार १७, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको अवैध बैठकमा आफूहरु सहभागी नहुने निर्णय गरेका छन् । घनश्याम भुसालले केपी ओलीले बोलाएको अवैधानिक बैठकमा नेपाल पक्ष सहभागी नहुने जानकारी गराएका हुन् ।

    बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा उपस्थित हुनको लागि नेपाल र खनाल पक्षका नेतालाई पनि पत्राचारै गरेर बोलाइएको छ ।

    अध्यक्ष केपी ओलीले बोलाएको बैठकमा जाने नजाने निष्कर्ष निकाल्नको लागि माधव समूहको स्थायी कमिटि बैठक बसेको थियो । बिहीबार बसेको बैठकले नेपाल पक्ष शुक्रबारको बैठकमा सहभागी नहुने निर्णय गरेको भुसालले जानकारी गराए ।

    घनश्याम भुसालले भने, ‘भोलि बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन । पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै