Home समाचार मुख्य समाचार देउवा र नेपालको एउटै स्वरः मबाट उहाँलाई धोका हुँदैन

देउवा र नेपालको एउटै स्वरः मबाट उहाँलाई धोका हुँदैन

0
देउवा र नेपालको एउटै स्वरः मबाट उहाँलाई धोका हुँदैन

असार १२ काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालका बिचमा भएको भेटमा एकले अर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गरिनन् । देउवालाई नियुक्ति नगरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा एमालेका २३ सांसदले हस्ताक्षर गरेर साथ दिए ।

अहिले एमालेमा एकताको प्रयास भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको रिटमा भएको हस्ताक्षर फिर्ता लिनुपर्नेमा जोड दिएका छन् भने माधव समूहका नेताहरुले भने हस्ताक्षर फिर्ता नलिने, तर अदालतको फैसला आउँदा एमाले एकठाउँमा उभिनुपर्ने बताउँदै आएका छन् ।

विपक्षी गठबन्धनले शनिबार गरेको कार्यक्रममा एमाले नेता नेपालले देउवालाई धोका नदिने बताए ।

नेपालले भने, ‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुहुन्छ ।’ उनले थपे, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ । म धोका दिने पक्षमा छैन ।’

शेरबहादुर देउवाले भने, ‘माधवजी लडाकु मित्र हो, उहाँलाई कुनै धोका हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here