असार ११, काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि साउन १ गते देखि लागु हुने गरी नयाँ नियम ल्याएको छ ।
यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो । अंक भार प्रणालीमा ७० अंक ल्याउने परीक्षार्थी पास हुने गरी व्यवस्था गरिएको छ । साउन १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।
नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिनको लागि उत्र्तीण हुनेछ । सामान्य गल्ती गरेपनि समग्रमा ७० अंक पुर्याएमा लाइसेन्स लिन पाउने व्यवस्था रहेको छ ।
नयाँ निर्देशिकामा संलग्न गराइएका ५०० वटा वस्तुगत प्रश्नको सार्वजनिक गरेको छ । उक्त संग्रहमा रहेका प्रश्नमात्र लिखित परीक्षामा सोध्नेगरी तयारी गरिएको छ ।
विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।
त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।
लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा काररजीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।
A वर्गका लागि साेधिने वैकल्पिक प्रश्नहरूः
B वर्गका लागि वैकल्पिक प्रश्नहरूः