Sunday, October 13, 2024
थप

    असार १७ देखि आन्तरिक उडान भर्ने तयारी

    असार ९, काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गते सुचारु गर्ने तयारी गरिएको छ ।
    सोमबार मन्त्रिपरिषद्‌ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराएको थियो । त्यसअनुसार, पर्यटन सचिव यादव प्रसाद कोइरालाले बधुबार आसार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् ।
    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘सचिव स्तरीय निर्णयले असार १७ (जुलाई १ तारिख) देखि आन्तरिक उडान सामान्य अवस्थाको तालिकाका आधारमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्ने निर्णय भएको छ ।’
    कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको छ । गत वर्ष कोराना संक्रमण रोकथाम गर्ने उद्देश्यले २०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि असोज ५ गते सर्त र कोटासहित सुचारु भएको थियो । आन्तरिक उडानमा ९ वटा वायुसेवा कम्पनी सहभागी छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै