Saturday, January 25, 2025
थप

    सर्वोच्चले अत्याधिक राजनीति गर्योः प्रम

    असार ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी सर्वोच्च अदालतबाट भएको आदेशमा अत्याधिक राजनीति भएको भन्दै असन्तुष्टि जनाएका छन् । तथापि, अदालतको आदेश मान्नुको विकल्प नरहेको भन्दै उनले पदमुक्त भएका मन्त्रीहरुलाई बिदागरेका छन् ।
    सर्वोच्चले मंगलबार २१ जेठ र २७ जेठमा थपिएका मन्त्रीहरुलाई काम नगर्न निर्देशन दिइसकेका छन् ।
    लगत्तै प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुलाई साँझ प्रधानमन्त्री निवास वालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै बढ्ता राजनीति भएको टिप्पणी गरे ।
    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दिन अगाडि सार्वजनिक रुपमा मन्त्रिपरिषद विस्तारलाई सर्वोच्चले रोक्ने सूचना पाएको बताउनु र सर्वोच्च अदालतबाट त्यस्तै हुनु संयोग मात्रै नभएको प्रधानमन्त्रीले बताएका छन् ।
    छलफलमा प्रधानमन्त्रीले राखेको धारणा राख्दै भने, ‘अदालतको फैसला हामीले मान्नैपर्छ । तर, बढ्ता राजनीति भयो ।’
    अरगरियाका अनुसार प्रधानमन्त्री ओलीले जसपासँग आफूले गरेको बाचा नभुल्ने र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइनुपर्ने बताएका छन् । अगरियाले भने, ‘उहाँ (प्रम) ले आफूले सक्दो गरेको बताउनुभयो । नागरिकता अध्यादेश ल्याएको सर्वोच्चले रोकेको उल्लेख गर्नुभयो ।’ नेता अरगरियाले थपे, ‘‘जवाफमा हामीले पनि आगामी दिनमा सहकार्यलाई निरन्तरता दिइने भनेका छौं ।’

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै