Monday, April 15, 2024
थप

    ओली पार्टी एकता भंग गर्न तयार भएः माधव नेपाल

    असार ७, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी एकता भंग गर्न तयार रहेको आरोप लगाएका छन् ।
    कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकामा उनले असन्तुष्टि जनाएका हुन् ।
    ‘‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ नेपालले भनेका छन् ।
    कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।
    तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।
    नेता नेपालले फेसबुकमार्फत उक्त निवेदनले पार्टी एकता भंग गर्ने आरोप लगाएका हुन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको भन्दै विरोध जनाएका छन् ।
    नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् । ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ उनले भने ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै