Monday, April 15, 2024
थप

    ४–१ गोल अन्तरले डेनमार्कलाई हराउँदै रुस अन्तिम १६ मा प्रवेश

    असार ८, काठमाडौँ । रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।
    समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४–१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा उक्लिएको छ ।
    घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक(एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।
    खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए ।
    ७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।
    यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह ‘बी’ को उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ ।
    डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १–० ले र दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो ।
    डेनमार्कसँग पराजित रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।
    पहिलो खेलमा बेल्जियमसँग ३९० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १९० ले हराएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै