Monday, September 9, 2024
थप

    वीरगञ्जको जगदम्बा स्टिल उद्योगमा आगलागीः दुई जना मजदुरको मृत्यु, तीन जना घाइते

    असार ६, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।
    भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।
    शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई गई दुईजना घाइते भएका छन् ।
    घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपक श्रेष्ठले जानकारी दिए ।
    ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी पनि भएको थियो । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
    समयमै आगलागी नियन्त्रणमा लिएको छेउमै रहेको अर्को फर्निस आयलको ट्याङ्कीमा क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
    उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयलको ट्याङ्की पड्किएर आगलागी भएको उद्योगका मजदुर युनियनक सचिव दीपक कार्कीले बताए ।
    ‘उद्योगमा आयल निगममा जस्तै फर्निस आयलको ट्याङकीहरु छन् । लामो समय बन्द भएकोले मर्मत गर्न मजदुर साथीहरु जानुभएको थियो,’ उनले भने, ‘ट्याङकीमा ग्याँस बनेर बसेको रहेछ कि के हो ढक्कनमा टेक्ने वित्तिकै विष्फोट भएछ ।’

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै