Home समाचार मुख्य समाचार मुस्ताङमा खोप तारेको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले भनेः कतिपय स्थानमा यस्ता हिरोलाई खोप नदिनु अन्याय

मुस्ताङमा खोप तारेको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले भनेः कतिपय स्थानमा यस्ता हिरोलाई खोप नदिनु अन्याय

0
मुस्ताङमा खोप तारेको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले भनेः कतिपय स्थानमा यस्ता हिरोलाई खोप नदिनु अन्याय

असार ५, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् ।
असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोपलाई गन्तव्य स्थानमा पुर्याउनको लागि खोप नबगाओस् भन्ने विचारले स्वास्थ्यकर्मीहरुले घारोको सहाराले खोला तारेका थिए । यो भिडियो नेपाली सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमाझ चर्चामा पुगेको छ । उक्त भिडियो डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै नेपाली स्वास्थ्यकर्मीलाई उच्च प्रशंसा गरेका हुन् ।
‘महानिर्देशकले भनेका छन्, ‘स्वास्थ्यकर्मीहरु जनमानसको जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन् । धेरै ठाउँमा यस्ता हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’
उनले प्रतिबद्धता गरेका छन्, ‘खोपको समान वितरणका लागि हाम्रो शक्तिले सकेजति गर्नुपर्छ ।’
भिडियो किन चर्चामा पुग्यो ?
मुस्ताङको लेतेमा असार १ गते कोरोना खोपको दोस्रो डोज लगाउने तालिका थियो । स्थानीय स्वास्थ्यचौकीमा ६० वर्षमाथिका जेष्ठ नागरिकलाई बोलाइसकिएको थियो । तर, कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा एक्कासी पानी बढेर आयो । गाडी तार्न सक्ने अवस्था नभएपछि गाडी चालक र स्वास्थ्यकर्मीले घारोको सहाराले खोप राखिएको बाकस तारेकाे देखिन्छ ।
यो दृश्यलाई स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले खिचेकी थिइन् । सामाजिक सञ्जलामा चर्चामा रहेको यही भिडियो डब्लुएचओका महानिर्देशकले ट्वीट गरेका हुन् ।

डब्लुएचओका महानिर्देशकले गरेकाे ट्वीट हेर्नुहाेस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here