Home समाचार मुख्य समाचार सरकारले विदेश जाने प्रयोजनको लागि कोरोना परीक्षण गर्न ८१ ल्यावलाई स्वीकृत दियो (सूचीसहित)

सरकारले विदेश जाने प्रयोजनको लागि कोरोना परीक्षण गर्न ८१ ल्यावलाई स्वीकृत दियो (सूचीसहित)

0
सरकारले विदेश जाने प्रयोजनको लागि कोरोना परीक्षण गर्न ८१ ल्यावलाई स्वीकृत दियो (सूचीसहित)
Physician Christopher Merifield watches as physician Lauren Bernese administers a test for coronavirus disease (COVID-19) to Anthony Lopez at Interbay Village, a village of tiny houses managed by the Low Income Housing Institute, at a mobile testing site run by Swedish Medical Center in Seattle, Washington, U.S. April 29, 2020. REUTERS/David Ryder - RC2MEG9XADUW

असार ५, काठमाडौँ । विदेश जानको लागि विभिन्न मापदण्ड रहेका छन् । यसमा अहिलेको कोरोनाको महामारीमा कोरोना रिपोर्ट नेगेटिभ आएको रिपोर्ट हुनुपर्ने मापदण्ड पनि थपिएको छ ।
विदेश जानेहरुका लागि सरकारले पिसिआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरेको छ। पिसिआर परीक्षण गरेर नेगेटिभ आएको ७२ घन्टाभित्रमा विदेश उड्न पाइने सरकारी नियम छ।
विदेश जानेहरुले कहाँ गएर पिसिआर परीक्षण कहाँ गरेर गर्ने भन्ने बारे अन्यौल रहेको छ । जुनसुकै संस्थाबाट गरिएको पिसिआर रिपोर्टलाई सरकारले मान्यता दिएको छैन । सरकारले तोकेको स्थानभन्दा अन्य स्थानबाट पिसिआर गरेर विदेश जान लागेका व्यक्तिलाई एयरपोर्टबाटै फर्काइएका घटनाहरु पनि धेरै छन् ।
मन्त्रालयले विदेश जानका लागि सबै सरकारी प्रयोगशाला, न्युनतम १०० वेड भएका निजी अस्पताल र ‘ए’ वर्गका प्रयोगशालाहरुमा पिसिआर परीक्षण गर्न सकिने जनाएको छ।
शुरुमा सबै प्रयोगशालालाई विदेश जानेहरुको पिसिआर परीक्षण गर्न मन्त्रालयले निर्णय गरेपछि पछिल्लो समय नक्कली रिपोर्ट बनाएको खुलेपछि सरकारले केही निजी अस्पताल, सरकारी अस्पताललाई त्यसको जिम्मा दिएको थियो।
तर निजी अस्पतालहरुमा पिसिआर रिपोर्ट लिएर विदेश जान लागेका युवाहरु नक्कली रिपोर्टका कारण विदेश जान बन्चित हुनु परेको थियो।
त्यसपछि स्वास्थ्य मन्त्रालयले गत वैशाख १९ गते सबै सरकारी प्रयोगशाला, न्युनतम १०० वेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरुमा पिसिआर परीक्षण गर्न सकिने निर्णय गरेको थियो।
विदेश जानेले सबै सरकारी अस्पतालका प्रयोगशाला, न्युततम १०० वेड भएका अस्पताल गरी ५१ स्थानमा र ‘ए’ वर्गका ३० वटा निजी प्रयोगशालामा पिसिआर परीक्षण गरेर विदेश उड्न सक्नेगरी स्थान तोकिएको थियो ।
निजी प्रयोगशालाको पिसिआर परीक्षण शुल्क २ हजार र घरमा गएर स्वाव संकलनगरेवापत अतिरिक्त ५ सय रुपैयाँ लिन पाउने मन्त्रालयले जनाएको छ।
विदेश जानेले यी सरकारी ल्याव र निजी ल्यावमा गर्न सक्नेछन पिसिआर परीक्षण
सरकारले स्वीकृत दिएका ल्यावहरुको सूची थाहा पाउन यसमा क्लिक गर्नुहोस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here