Home समाचार मुख्य समाचार बागलुङमा बाढीकै कारण ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

बागलुङमा बाढीकै कारण ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

0
बागलुङमा बाढीकै कारण ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

असार ४, बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् ।
बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । जिल्लाको ताराखोला गाउँपालिकामा घर माथीबाट पहिरो खस्दा वडा नम्बर–५ बसिन्दाका घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ ।
जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी हवारीले जानकारी दिए ।
उक्त स्थानका अधिकांश घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here