Sunday, October 13, 2024
थप

    मनाङमा यार्सा टिप्न गएका ७५ जना तीन दिनदेखि अलपत्र

    असार ३ मनाङ । अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
    प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए ।
    ‘अस्तिदेखि निरन्तर पानी परिरहेको छ । आज रेस्क्यू गर्ने कुरा थियो । तर, मौसम नै खुलेन,’ प्रजिअ लामिछानेले भने, ‘मौसम खुल्यो भने भोलि पहिलो चरणमै उनीहरुलाई रेस्क्यू गर्ने योजना छ ।’
    प्रजिअ लामिछानेले फू जस्तै मनाङका ओडार, ताल्चै गाउँमा फसेकाहरुको उद्धार गर्न बाँकी रहेको बताए । ‘ओडारमा अलपत्र परेकाहरु जंगलमा बसेका छन् । उनीहरुलाई दिउँसो उद्धार गर्ने भनेका पनि थियौं । तर, मौसम खराबीले गएको हेलिकप्टर पनि फर्किनुपर्‍यो’ उनले भने ।
    उनले बिहीबार ३५ जनाको मात्रै उद्धार गर्न सकिएको जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमध्ये २४ जना सिरान तालका मात्रै छन् ।
    चार दिनदेखि लगातार परिरहेको पानीका कारण मनाङमा १ हजार बढी विस्थापित भएका छन् । विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको प्रजिअ लामिछानेले बताए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै