Saturday, May 18, 2024
थप

    काठमाडौं महानगरपालिकाले मेलम्चि र हेलम्बुका बाढी पीडितलाई २ कराेड दिने

    सञ्चार हाउस असार-३, काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढी प्रभावितलाई सहयाेग स्वरुप २ करोड रुपैयाँ सहयोग गर्ने बताएक छन् ।

    महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

    शाक्यका अनुसार यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने छ । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गर्नु पर्ने दायित्व रहेको उनले बताएका छन् ।

    मनसुर सुरु भएसँगै मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् भने केही स्वदशी तथा विदेशी नागरिकले समेत ज्यान गुमाएका छन् र केही वेपत्ता भइरहेका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै